काठमाडौँ – संघीय संसद् सचिवालयको महासचिवको पत्र खारेजी गर्न माग गर्दै सर्वोच्चमा परेको रिटमा शुक्रबारका लागि पेसी तोकिएको छ । सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित नौजनाले दर्ता गरेको रिटमा सर्वोच्चले शुक्रबारका लागि पेसी तोकेको हो ।
रिटमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश जबरामाथिको महाभियोग निष्क्रिय भएको भन्दै लेखेको पत्रको कानुनी आधार नभएको दाबी गरिएको छ । उनको निर्णय गर्ने कानुनी हैसियत पनि नभएको भन्दै पत्र खारेजी माग रिट निवेदनमा गरिएको छ ।
सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित ९ जनाले पदाधिकारीले व्यक्तिग तरूपमा रिट दायर गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्