काठमाडौँ – नेकपा (एमाले)ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई संघीय संसद् सचिवालयले ‘क्लिन चिट’ दिने निर्णयको स्वागत गरेको छ ।
जबराविरुद्धको महाअभियोग सिफारिस समिति सदस्य समेत रहेका एमाले नेता लालबाबु पण्डितले गएको संसद्को कार्यकाल अन्त्य भएकै समयमा उनले क्लिन चिट पाउनुपर्ने भए पनि अहिले ढिला गरी निर्णय लिइएको उल्लेख गरे ।
“हामी महाअभियोग प्रस्ताव समितिले गर्न नसकेको काम अहिले भएको छ । गएको संसद् अन्त्य भएसँगै उहाँसँग सर्वोच्च जान पाउने अधिकार रहन्थ्यो,” ।
जबराको कार्यकाल सकिन पाँच दिन बाँकी रहँदा क्लिन चिट दिनुले सरकारको जालझेल पनि सफल हुन नसकेको टिप्पणी उनले गरे । “यतिकै उहाँलाई क्लिन चिट नदिई बिदाइ गर्ने सरकारको उद्देश्य थियो । तर, पाँच दिन समय रहँदा क्लिन चिट दिनु भनेको यति समय जालझेल गरेर रोक्न सफल भयौँ, अब लाज पचाउन नसकिने भयो भनेर हो,” उनले भने ।


प्रतिक्रिया दिनुहोस्