प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई गेटमै रोक्ने बारको तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई रोक्न सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्चको मुख्य गेटमा अवरोध गर्ने तयारी सुरु गरेको छ ।

सर्वोच्च बारका सदस्य डा. रामहरि त्रिपाठीले भने,‘हामी प्रदर्शनको तयारीमा छौँ । जबरालाई हामी सर्वोच्च प्रवेश गर्न दिँदैनौँ ।’

- Advertisement -
Ad image

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजैदेखि नियमित कामकाजमा फर्किने तयारी गरेपछि सर्वोच्च बारले अवरोधको तयारी गरेको हो ।

संघीय संसद्का महासचिवले निलम्बन फुकुवाको पत्र दिए लगत्तै जबरा सर्वोच्च अदालत फर्कने तयारीमा छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्