काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पाँच दिनका लागि सर्वोच्च अदालत फर्कने भएका छन् । उनीविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै पदमा फर्कन लागेका हुन् ।
बुधबार संघीय संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले जबराविरुद्धको महाअभियोग निष्क्रिय भएको चिठी सर्वोच्चमा पठाएका छन् ।
जबराले उमेरहदका कारण यही मंसिर २७ गते अनिवार्य अवकाश लिनेछन् । उनी यसबीचमा पाँच दिनका लागि प्रधानन्यायाधीशका रूपमा सर्वोच्च फर्कन लागेका स्रोतले बताएको छ ।
उनीविरुद्ध गत वर्ष फागुन १ गते नेपालको संविधानको धारा १०१ को उपधारा २ बमोजिम संसद्को एकतिहाइ सांसदहरूको हस्ताक्षरमा महाअभियोग प्रस्ताव दर्ता गराइएको थियो । सत्ता गठबन्धनमा आबद्ध दलका सांसदले संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस्