काठमाडौँ – नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले सयुक्त रुपमा आन्दोलन थालेका छन् ।
सरकारले धानको समर्थन मूल्यको कार्यान्वयन र मलको सहज आपूर्ति नगरेको भन्दै आन्दोलन थालेका हुन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले सरकारबिरुद्ध विभिन्न आन्दोलनको कार्यक्रमहरुसमेत घोषणा गरेको विज्ञप्तिमा जनाइएको छ ।
‘कार्तिक १६ गतेको मन्त्रीपरिषद्को बैठकले यसबर्षका लागि धानको समर्थन मुल्य निर्धारण गर्ने निर्णय गरेको छ । निर्धारित मूल्यअनुसार मोटा धानको मुल्य रु २९६७ र मध्यम धानको रु. ३१२८ रहेको छ । गतवर्षभन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ रुपियाँ र मध्यम धानमा २२६ रुपियाँ वृद्धि गरेको भएपनि लागतमूल्य र मुद्रास्फीतिका आधारमा सरकारले निर्धारण गरेको यो मूल्यले पनि किसानलाई लाभ पुग्ने स्थिति छैन,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै किसान आन्दोलनको दबाबका कारण भएपनि धानको मूल्य निर्धारण गर्नु स्वागत योग्य विषय भएपनि मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रकृया शुरु नगरेको कारण किसानहरु व्यपारीहरु सस्तो मूल्यमा बेच्न बाध्य भएको विज्ञप्तिमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्