चोलेन्द्रशमशेर राणालाई संसद सचिवालयले पठायो महाअभियोग निष्क्रिय भएको पत्र

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ मंसिर २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई संसद सचिवालयले महाअभियोग निष्क्रिय भएको पत्र पठाएको छ ।

राणालाई बुधबार महाभियोग निष्क्रिय भएको पत्र पठाइको बुझिएको छ ।

- Advertisement -
Ad imageAd image

यसअघि सत्ता पक्षकै सांसदहरुले राणालाई महाभियोग प्रस्ताव गरेको थियो । तर उक्त प्रस्ताव पारित नै नभइ संसदको कार्यकाल सकिएको थियो । नयाँ संसद निर्वाचित भएसँगै संसद सचिवालयले राणालाई महाभियोग निश्क्रिय भएको पत्र पठाएको हो ।

पत्रमा भनिएको छ,

‘सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जबराले मिति २०७१/०८/२० मा तत्कालीन प्रतिनिधि सभामा पेस भएको महाभियोग सो प्रतिनिधि सभाको कार्यकाल समाप्त भइसकेको हुँदा निष्प्रभावी भएकोले प्रधान न्यायाधीशको नियमित कार्य सम्पादन गर्नको लागि सम्बन्धित निकायहरूलाई जानकारी गराइदिनुहुन भन्ने ब्यहोराको निवेदन यस सचिवालयमा दिनु भएको विषय अनुरोध गर्दछु । उपरोक्त निवेदनको सम्बन्धमा मिति २०७८ फागुन १ गते नेपालको संविधानको धारा १०१ (२) बमोजिम वहाँ विरुद्ध तत्कालीन प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्ताव र तत्पश्चात् संघीय संसद्को महासचिवबाट संविधानको धारा १०१(६) बमोजिम कार्य सम्पादन गर्न नपाउने भन्ने ब्यहोराको पत्र माथि उल्लेखित निकायमा जानकारी गराइएको थियो । सो महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधि सभामा पेस, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चात्को प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मङ्सिरमा नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई सकेकोले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने ब्यहोराको पत्र समेत निष्प्रभावी भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु । प्रधान न्यायाधीशको नियमित कार्य सम्पादन गर्नको लागि वहाँले दिनु भएको निवेदनको छाया प्रति यसै साथ संलग्न रहेको छ ।’

 

 

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्