नेप्सेमा ४ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – सेयर बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । अघिल्लो दिन २४ अंकमाथिले घटेको नेप्से सूचक आज थप ४.८७ अंकले घट्दै १९३३.८८ अंकमा झरेको हो ।

उसो त नेप्से सूचक घटेसँगै आज कारोबार रकममा समेत ठूलो संकुचन आएको छ । यस दिन ९६ करोड ५२ लाख १० हजार रूपैयाँ बराबरको २५ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

अघिल्लो दिन २४ अंक बढीले नेप्से घटेको बजारमा १ अर्ब ६७ करोड ४ लाख रुपैयाँ बराबरको ४१ लाख २७ हजार कित्ता सेयर किनबेच भएको थियो ।

आज जीवन बीमा समूह, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक ऋणात्मक भएका छन् ।

आज पनि धौलागिरी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले सबैभन्दा बढी ८.१७ प्रतिशतले कमाएका छन् भने एनएमबी बैंक लिमिटेडका लगानीकर्ताले ६.०७ प्रतिशतले गुमाउन पुगेका छन् । आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको ८ करोड १२ लाख ३४ हजार ७९९ रुपैयाँ बराबरको ५८० कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array