नेहाले मुद्दा दर्ता गरेसँगै ग्रान्डी र नर्भिकबाट पनि निकालिए पङ्कज

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० मंसिर २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – दाइजोको माग गर्दै घरेलु हिंसामा परेकी महोत्तरीकी नेहा चौधरीले श्रीमान् पङ्कज चौधरीविरुद्ध दुईओटा मुद्दा दायर गरेकी छन्।

मनग्य दाइजो र सुन दिएपनि अझै धेरै दाइजोको माग गर्दै आफूलाई पटक(पटक शारीरिक तथा मानसिक यातना दिएको भन्दै उनले डाक्टर समेत रहेका श्रीमान् पंकजविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेकी हुन्। उनले दायर गरेका दुई मुद्दामा घरेलु हिंसा र दाइजोको माग रहेका छन्।

- Advertisement -
Ad imageAd image

केही समयअघि प्रहरी कार्यालयमा उजुरी दिएपनि अब मिलेर बस्ने भन्दै छुटेका पङ्कजले अझै धेरै हिंसात्मक गतिविधि गरेको भन्दै उनले सामाजिक सञ्जालमार्फत न्यायको आह्वान गरेकी थिइन्।

महोत्तरीको औरही १ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर ५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो। विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेको नेहाको गुनासो छ।

ग्रान्डी अस्पतालमा जनरल फिजिसियनका रुपामा कार्यरत डा. पङ्कजको यो घटना बाहिरिएसँगै उनलाई अस्पतालले पनि बर्खास्त गरेको छ। यसका साथै उनी कार्यरत नर्भिक अस्पतालले पनि उनलाई बर्खास्त गरेको छ।

पङ्कज र आफूबीच तीन वर्षको प्रेम सम्बन्ध रहेको र त्यसैलाई विवाहमा परिणत गरेको बताउने नेहाले विवाहपछि दाइजोको विषयलाई लिएर आफूमाथि हिंसा हुन थालेको बताइन्।

नेहाको परिवारका अनुसार विवाहमा ६२ लाखको चेक, २० लाखको सुन तथा ५०–६० लाख चाँदीका गहना दाइजो दिइएको छ। तर, बिहेपछि पङ्कजले काठमाडौँमा घरसमेत दिनुपर्ने डिमान्ड राख्न थालेका थिए। दाइजोको विवादकै कारण विवाहको केही महिनादेखि श्रीमान् र सासूले आफूलाई यातना दिने गरेको नेहाले बताएकी छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्