कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान सुरु भएको छ ।

पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो ।

- Advertisement -
Ad imageAd image

पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध सुुरुमा कपिलवस्तु प्रहरीमा उजुरी गरेकी थिइन् । तर, कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताअघि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिइन् । दुवै आयोगले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानबिन गर्न निर्देशन दिदै पत्र पठाएका थिए । मानव अधिकार आयोगले त न्यायपरिषदलाई समेत उजुरी र पत्रको बोधार्थ पठाएको थियो ।

‘शारीरिक बन्धक बनाएर न्यायाधीशले यौन शोषण गरिरहेको उजुरी हामीकहाँ एक हप्ता अगाडि आइपुगेको थियो । हामीले कपिलवस्तु प्रहरीलाई उजुरी लिएर छानविन गर्न निर्देशन दिएका छौं’, मानव अधिकार आयोग स्रोतले भन्यो, ‘न्यायाधीशको विषय भएकाले न्यायापरिषदलाई पनि पत्र पठाएर यस विषयमा अनुसन्धान गर्न आग्रह गरेका छौं ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्