राष्ट्रपति भण्डारी र सञ्चारमन्त्री कार्कीबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

सत्ता समीकरणका विभिन्न प्रयास भइरहेका बेला सञ्चारमन्त्री कार्की मङ्गलवार बिहान राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटमा सम्भावित सत्ता समीकरण र समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

- Advertisement -
Ad image

उनीहरूबीच झण्डै ४५ मिनेट कुराकानी भएको थियो । भेटमा निर्वाचनको नतिजा र सम्भावित सत्ता समीकरणबारे राष्ट्रपतिले चासो राखेको स्रोतले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्