विवाह रद्द हुँदा युवतीले केटाको घरमा पुगेर गरिन आत्मदाह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – काठमाडौंमा ‘इन्गेजमेन्ट’पछि विवाह रद्द हुँदा युवतीले केटाकै घरमा पुगेर ‘आत्मदाह’ गरेकी छन् ।

गएको आइतबार साँझ बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगी आफ्नो शरीरमा पेट्रोलियम पदार्थ छर्किएर आगो लगाएकी थिइन् । त्यसपछि गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सोमबार बिहान कीर्तिपुर अस्पतालमा मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

- Advertisement -
Ad imageAd image

यसबाहेक अरू कुरा आफ्नो जानकारीमा नरहेको एसपी मैनाली बताएका छन ।

तर, अरू प्रहरी अधिकारीहरूका अनुसार प्रेम सम्बन्धमा रहेका पुष्पा र झापा घर भई धुम्बाराहीमा बस्दै आएका सुधन संग्रौलाबीच इन्गेजमेन्ट भएको थियो । केही दिनअघि मात्र इन्गेजमेन्ट टुटेपछि आइतबार साँझ पुष्पाले सुदनको घरमै पुगेर आफ्नो शरीरमा आगो लगाएकी हुन् । पारिवारिक सहमतिमै उनीहरूको इन्गेजमेन्ट भएको बताइएको छ ।

घटनापछि पुष्पाका परिवारले सुदनसहित उनको परिवारका सदस्यविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । जाहेरीपछि सुदनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताइएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्