प्युठानमा बिहे भोज खाएका एकै गाउँका ३५ जना बिरामी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – प्युठानमा विवाहको भोज खाएका एकै गाउँका ३५ जना बिरामी परेका छन् । प्युठान नगरपालिका–६ माझकोटका ३५ जना पाल्पाको एक बिहेभोजमा भोज खाएपछि बिरामी परेका हुन् ।

उनीहरूमा ज्वरो, पेट दुख्ने, टाउको दुख्ने, पखाला लाग्रे, बान्ता आउने समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल बिजुवार भर्ना भएका जिल्ला प्रशासन कार्यालय प्युठानका सूचना अधिकारी मेघराज सोनीले जानकारी दिएका छन्। उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

- Advertisement -
Ad image

१७ गते प्युठान नगरपालिका–६ गुरुङ गाउँका मेघराज गुरुङको विवाहमा ५४ जना जन्ती पाल्पा गएर १८ गते फर्किएपछि ३५ जना बिरामी परेको छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्