युवा वैज्ञानिकलाई १२ लाखसम्मको अनुसन्धान प्रस्ताव पेस गर्न आह्वान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोगका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

नास्टले सार्वजनिक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७९/०८० देखि सञ्चालित युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग कार्यक्रम अन्तर्गत विज्ञान तथा प्रविधि सम्बन्धी नतिजामुखी अनुसन्धान, नयाँ प्रविधि विकास वा सुधारिएको प्रविधि विकास गर्न प्रस्ताव पेस गर्न भनेको हो ।

प्रस्ताव पेस गर्ने व्यक्ति ४० वर्ष उमेर ननाघेको हुने पर्नेछ । २१ दिन भित्र आफूले गर्न चाहेको अनुसन्धान प्रस्ताव र आवेदन नास्ष्टको केन्द्रीय कार्यालयमा हस्ताक्षरसहित पठाउनु पर्नेछ ।

नास्टको सात प्रदेशका विशिष्टीकृत अनुसन्धान केन्द्रको उद्देश्यसँग मेल खाने अनुसन्धान प्रस्तावहरू सोही प्रदेशमा कार्यरत युवा वैज्ञानिक प्राविधिज्ञबाट पेस भएमा त्यस्ता प्रस्तावहरूलाई प्राथमिकता दिइने जनाइएको छ ।

प्रस्ताव पेस गर्दा बजेटको अधिकतम सीमा व्यक्ति/समूहगतको अनुसन्धानको लागि बढीमा पाँच लाख, संस्थागत अनुसन्धानका लागि दस लाख र बहुविधागत अनुसन्धानका लागि १२ लाख रहेको नास्ष्टले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array