सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बनाउने बालुवाटार बैठकको निर्णय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – सत्ता गठबन्धनले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो ।

‘गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ’, एक नेताले भने, ‘बैठकमा चुनावको विषयमा प्रारम्भिक समीक्षा पनि सरसर्ती गर्ने काम गरियो ।’

ती नेताका अनुसार मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array