यु-१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०७९, सोमबार
2 Min Read
Aa

कामठाडौँ – यु-१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमले जितेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो।

लुम्बिनी प्रदेशले दिएको ९३ रनको सामान्य रनको लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले ३९ रनको अविजित इनिङ खेल्दा दीपक बोहोराले २५ रन बनाएका थिए। त्यस्तै, अनुराग सिंह २२ रनमा आउट भए।

लुम्बिनीका लागि रमेश कुर्मी २ विकेट तथा निर्मल गुरुङ र अभिषेक गौतमले १(१ विकेट हात पारेका थिए। त्यसअघि त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले खराब प्रदर्शन गरेको थियो। उसका लागि आकाश त्रिपाठीले ३८ रन बनाउनु सर्वाधिक रह्यो।

खराब ब्याटिङ गरेको लुम्बिनी २९।१ ओभरमा अलआउट हुँदै ९२ रनमा नै सीमित भएको थियो। उसका लागि आकाशबाहेक अन्यको प्रदर्शन निराशाजनक रह्यो।

नर सार्कीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन असफल रहे। सुदूरपश्चिमका लागि मिलन बोहोराले ९ ओभरमा १५ रन बनाएर ५ विकेट लिएका थिए। त्यस्तै, हेमन्त धामी र नरेन साउदले समान २(२ विकेट लिए।

डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाईनलमा पुगेको थियो।

लुम्बिनी र सुदूरपश्चिमबीच गत संस्करणमा भएको फाइनलमा भने लुम्बिनीले ११३ रनले जितेको थियो।

जारी संस्करणमा भने सुदूरपश्चिमले शतप्रतिशत नतिजा निकाल्दै उपाधि चुम्यो। ७ मंसिरबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशको सहभागिता रहेको थियो।

उपाधिसँगै सुदूरपश्चिमले २ लाख नगद प्राप्त गर्दा उपविजेता बनेको लुम्बिनीले १ लाख नगद हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array