बाबुराम भट्टराई र सीके राउतबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

कामठाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ । उनीहरूबीच सोमबार बिहान भेटवार्ता भएको हो ।

भेटमा वर्तमान राष्ट्रिय राजनीतिदेखि भावी रणनीतिसम्मका विषयमा छलफल भएको भन्दै भेटवार्ता उपयोगी भएको भट्टराईले बताएका छन् ।

राउतले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्षस्थ नेताहरूलाई भेटिसकेका छन् ।

प्रधानमन्त्री देउवासँगको वार्तापछि राउत गठबन्धनमा मिसिन सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array