मितेरी डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्तापुँजी १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको मंसिर १९ गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १२.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश सेयरधनीले प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array