देशको अर्थतन्त्रबारे हामी गंभीर छौं, सबै मिलेर समाधान गर्नुपर्छ: प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशको अवस्था निकै गंभीर भएको बताएका छन् । सोमबार बिहान खुमलटारस्थित उनको निवासमा भेट्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग प्रचण्डले यस्तो बताएका हुन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुआयामिक असर परेको र वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको अवगत गराएको थियो ।

अध्यक्ष गोल्छाले राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मुल्यवृद्धि सात बर्षयताकै उच्च रहेको र निजी क्षेत्र संकुचित हुँदै गएको बताए । यो समस्या समाधान गर्न राजनीतिक दलका मुल नेतृत्व गंभीर भएर लाग्नुपर्ने सुझाव दिए ।

बिहान १० बजे महासंघको टोली प्रचण्ड निवास पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array