एमालेका बालकृष्ण शिवाकोटी पराजितपछि पार्टि जिल्ला सचिवबाट हिरा थोकरको राजिनामा घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

दोलखा–
प्रतिनिसभा सदस्यमा नेकपा एमालेका उम्मदेवार बालकृष्ण शिवाकोटी पराजित भएपछि पार्टि जिल्ला सचिवबाट हिरा थोकरले राजिनामा दिएको घोषणा गरेका छन् ।
शिवाकोटीको पराजयपछि उनले सामाजिक सञ्जाल मार्फत राजिनामा घोषणा गरेका हुन् । थोकरको आफ्नै वडा मेलुङ ३ मा एमालेका उम्मेदवारलाई कम मत आएको भन्दै आलोचना भइरहेको बेला उनले फेसबुक मार्फत राजिनामाको घोषणा गरेका हुन् । ‘प्रतिनिधिसभा निर्वाचन २०७९ मा नेकपा एमले दोलखाको पराजयमा नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले जिल्ला कमिटी दोलखाको सचिवबाट राजिनामा घोषणा गर्दछु ’ थोकरले स्टाटसमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array