दोलखामा माओवादीका उम्मेदवार गंगा कार्की विजयी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

दोलखा– दोलखामा प्रतिनिधिसभाको सदस्यका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी भएका छन् ।

उनी ३ सय १८ मत बढि ल्याएर निर्वाचित हुन सफल भएका हुन् । गठवन्धनका उम्मेदवार बनेका माओवादीका कार्कीले एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कार्कीले ३६ हजार नौ सय ९५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ७७ मत पाएका छन् । निकै नै प्रतिस्प्रधा भएकोमा अन्तिम समयमा कार्किले बाजी मारेका हुन् । प्रदेशसभातर्फ क्षेत्र १ मा कांग्रेसका केन्द्रीय सदस्य कुण्दनराज काफ्ले र २ बाट एमालेका भरत केसी निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array