आज सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी समीक्षा हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछिको अवस्थाबारे छलफल गर्न आज सोमवार सत्तारूढ गठबन्धनको बैठक बस्दैछ ।

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सोमवार सत्तारुढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए । बैठकमा निर्वाचनको समग्र अवस्थाबारे समीक्षा हुने बताइएको छ ।
नेकपा एकीकृत समाजवादीले १० स्थानमा जीत निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४, राष्ट्रिय जनमोर्चा १ स्थानमा विजयी भएको छ ।

बैठक हुने समयबारे भने केही बताइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array