विश्वकप फुटबलमा आज दुई खेल: पहिलो खेलमा क्रोएसिया र जापान भिडदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – कतारमा जारी फिफा विश्वकपमा आज सोमबार अन्तिम-१६ का दुई खेलहरू हुँदै छन् ।

कतारको अल जनौब रंगशालामा हुने आजको पहिलो खेलमा साबिक उपविजेता क्रोएसियाले जापानविरुद्ध खेल्दै छ । यो खेल नेपाली समयानुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।

जापान समूह ‘ई’ को विजेताको रूपमा र क्रोएसिया समूह ‘एफ’ को उपविजेताको रूपमा प्रिक्वार्टरफाइनल आएका हुन् ।

यस्तै, आजको दोस्रो खेलमा राति १२:४५ बजे ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । यो खेल कतारको रंगशाला ९७४ मा हुनेछ ।

विश्वकपमा ब्राजिल समूह ‘जी’ को विजेताको रूपमा र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेताको रूपमा अन्तिम-१६ मा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array