रवि लामिछानेको नागरिकता र पासपोर्टबारे छानबिन गर्न गृह र परराष्ट्रलाई अख्तियारको पत्र

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे अनुसन्धान गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

आयोगमा परेको उजुरी सम्बन्धित मन्त्रालयहरूलाई अनुसन्धान गर्न पत्र पठाइएको आयोग स्रोतले जानकारी दिएको छ ।

- Advertisement -
Ad imageAd image

लामिछानेको नागरिकता र राहदानी विवादबारे यसअघि नै गृह मन्त्रालयमा परेको उजुरीपछि जिल्ला प्रहरी परिसर काठमाडौँले छानबिन गरिरहेको छ ।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ। लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको तथ्य केही दिनअघि उकेरा डटकमले समाचार प्रकाशित गरेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्