भारतका दुई कलेज नेपाल फार्मेसी काउन्सिलको कालोसूचीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपाल फार्मेसी परिषद्ले भारतका दुईवटा शैक्षिक संस्थालाई कालो सूचीमा राखेको छ ।

कालो सूचीमा पर्नेमा भारतको हिमाचल प्रदेशमा रहेको आईसी युनिभर्सिटी र ओडिसामा रहेको गजपति कलेज आफ फार्मेसी छन् ।

- Advertisement -
Ad image

काउन्सिलको निरीक्षण प्रतिवेदनका आधारमा ती कलेजहरूलाई कालो सूचीमा राखिएको र आगामी दिनमा ती कलेजको शैक्षिक योग्यतालाई मान्यता नदिइने पनि काउन्सिलले जनाएको छ ।

त्यस्तै, सीटीईभीटीअन्तर्गतका तीनवटा नेपाली कलेजले पनि निरीक्षण प्रतिवेदन नबुझाएको भन्दै काउन्सिलले यथाशीघ्र कागजपत्र बुझाउन निर्देशन दिएको छ ।

प्रतिवेदन नबुझाउनेमा सहिद स्मारक जनस्वास्थ्य कलेज काठमाडौँ, मोडेल कलेज अफ टेक एजुकेसन, वीरगञ्ज र चितवन मेडिकल कलेज छन् ।

प्रतिवेदन नबुझाए ती कलेजहरूबाट अध्ययन गरेका विद्यार्थीलाई लाइसेन्स परीक्षामा सामेल नगराइने पनि काउन्सिलले चेतावनी दिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्