सरकारले प्रहरीको मनोबल वृद्धि गर्नका लागि भरपुर सहयोग गर्ने छः गृहमन्त्री

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले प्रहरीको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपुर सहयोग गर्ने बताएका छन्।

नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उहाँले प्रहरी अधिकृतलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिए।

- Advertisement -
Ad imageAd image

भर्खरै सम्पन्न आम चुनावका सन्दर्भ होस् वा नियमित शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा प्रहरीले आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गरेको भन्दै उहाँले प्रशंसा समेत गरे। मुलुकको शान्ति सुरक्षा तथा सुव्यवस्था कायम गर्न प्रहरीको भूमिका अब्बल रहेको उनको भनाइ थियो।

गृहमन्त्री खाँणले कार्यालयमा रहेको प्रहरी ब्यारेक निरीक्षण गरेका थिए। उनले प्रहरीलाई उच्च मनोबलका साथ प्रविधिको समेत अधिकतम उपयोग गरी शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा जुट्न निर्देशन समेत दिएका छन।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्