दोलखामा एमालेका बालकृष्ण शिवाकोटीको अग्रता कायमै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – दोलखामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभाका उम्मेदवार शिवाकोटीले १८ हजार ६६३ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्कीले १६ हजार ७३७ मत पाएका हुन् ।

एमालेका शिवाकोटी र माओवादी केन्द्रका कार्कीको मतान्तर १ हजार ९२६ रहेको छ।

- Advertisement -
Ad imageAd image

यता प्रदेश सभातर्फ कांग्रेसका उम्मेदवार कुन्दन काफ्लेले अग्रता लिएका छन् । काफ्लेले १८ हजार ७२१ मत ल्याउँदा एमालेका नरबहादुर श्रेष्ठले १२ हजार ४५१ मत पाएका छन्।

समानुपातिकतर्फ ३४ हजार ११ मत गणना हुँदा एमालेले १२ हजार ५८७, कांग्रेसले १० हजार ९१७, माओवादी केन्द्रले ४ हजार ४६६ र एकीकृत समाजवादीले १ हजार २२७ मत पाएका छन्।

प्रदेश सभातर्फ पनि एमालेले अग्रता लिएको छ। ५५ हजार ५२ मत गणना गर्दा एमालेले २१ हजार ३१७ र कांग्रेसले १३ हजार ८६०, माओवादीले ११ हजार १७१, एकीकृत समाजवादीले २ हजार ३५१ मत पाएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्