सरकारको नेतृत्व लिन राप्रपा तयार छ: मोहन श्रेष्ठ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सरकारको नेतृत्व लिन पार्टी तयार रहेको बताएका छन् ।

राप्रपालाई आएको मत पनि नेतृत्व परिवर्तनको पक्षमै भएको दाबी गर्दै उनले दलहरूले विकल्प दिएको खण्डमा पार्टी सरकारको नेतृत्व लिन तयार भएको बताए ।

- Advertisement -
Ad imageAd image

उनले राप्रपाले सत्ता केन्द्रित राजनीति नगरेपनि नेतृत्वको कुरा आउँदा पार्टीभित्र स्वाभाविक रुपमा छलफल गर्न सकिने बताए । उनले सत्ता गठबन्धनको एक घटक माओवादी केन्द्रले नयाँ सरकार बनाउन सबै विकल्प खुला राख्ने भन्नुको अर्थ राप्रपालाई सरकारको नेतृत्वका लागि प्रस्ताव गर्ने पनि हुने धारणा राखे ।

माओवादीको विकल्पका रुपमा सरकार बनाउन कांग्रेस वा एमालेसँग मिल्न, सरकारको नेतृत्वमा आफैँ अघि बढ्ने, राप्रपालाई प्रस्ताव गर्ने, कांग्रेस, एमाले बाहेक अरु जो कोहीलाई समर्थन गर्ने र प्रतिपक्षमा बस्ने बाहेक अरु केही हुन नसक्ने उनको भनाइ छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्