कांग्रेस प्रवक्ता महत र जनमत अध्यक्ष पार्टीका राउतबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतबीच भेटवार्ता भएको छ।

बाँसबारीस्थित प्रवक्ता महतको निवासमा भएको भेटमा निर्वाचित भएका रावतलाई बधाई ज्ञापन गरी  समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

- Advertisement -
Ad image

सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरी निर्वाचित भएका रावतसँग ठूला दलका शीर्ष नेताहरूले भेट्ने क्रम बाक्लिएको छ।

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम करिब आइसक्दा भएको सो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्