गण्डकी प्रदेशलाई अनुसन्धानको केन्द्र बनाउन शिक्षामन्त्री पौडेलको निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गण्डकी प्रदेशलाई अनुसन्धानको केन्द्र बनाउन निर्देशन दिएका छन् ।

शुक्रबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट०को विशिष्टिकृत अनुसन्धान केन्द्रको ९पर्वतीय हरित अर्थतन्त्र० सम्बन्धी कार्यक्रमको उद्घाटन गर्दै उनले गण्डकी प्रदेश अनुसन्धानको केन्द्र बनाउन निर्देशन दिएका हुन् ।

- Advertisement -
Ad imageAd image

“गण्डकी प्रदेश भन्ने वित्तिकै सम्भावना धेरै भएको ठाउँ हो”, उनले भने, “गण्डकी प्रदेशलाई अनुसन्धानको केन्द्र बनाउन मेरो ठाउँबाट आवश्यक पहल हुन्छ, तपाईहरु अनुसन्धान तथा अनवेशणका लागि तयार हुनुहोस् ।”

उनले उत्पादित जनशक्तिले जनताको भावनालाई जोड्र अगाडी बढ्दा प्रतिफल आउने बताए । विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षालाई जोडेर जाने गरी तयारी भएको बताउँदै ९० दिनसम्म इन्टन्सिपको व्यवस्था बजेटमा गरिएको उल्लेख गरे ।

उनले १ सय ४० विद्यालयमा गतवर्ष र यसवर्ष एक सय विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिएको बताउँदै अनुसन्धानको क्षेत्रलाई फराकिलो बनाउनु पर्ने बताए । शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग जोड्दै समाजलाई अर्थतन्त्रको बाटोमा लैजाउनु पर्ने बताउँदै नाष्टले परिणाम आउने गरी कामगर्न निर्देशन दिए ।

नाष्टले सातै प्रदेशमा स्थापना गर्न लागेको पर्वतीय हरित अर्थतन्त्र सम्बन्धि कार्यक्रमको शाखा कार्यालय लुम्बिनी विश्वविद्याल, कृषिवन तथा विज्ञान विश्वविद्यालय र गण्डकी विश्वविद्यालयमा स्थापना गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्