राप्तीमा डुबेर एक बालिका र एक युवतीको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – राप्ती नदीमा डुबेर एक बालिका र एक युवतीको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षीया कञ्चन थारूको नदीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रशाद घर्तीले शनिबार दिउँसो १२ बजे डुबेर बेपत्ता भएका उनीहरूको शव आइतबार बिहान ९ बजेपछि फेला परेको जानकारी दिए ।

- Advertisement -
Ad imageAd image

उनीहरू नुहाउन गएको र त्यही क्रममा डुेबेको प्रहरीले जानकारी दिएको छ ।

दुवै शव पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा ल्याउन थालिएको प्रहरीले जानकारी दिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्