विश्वकप फुटबलमा आज दुई खेल: पहिलो खेलमा फ्रान्स र पोल्याण्ड भिडदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – विश्वकप फुटबलमा आइतबार अन्तिम १६ का दुई खेल हुँदैछन्। पहिलो खेलमा अल थुमामा स्टेडियममा फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति ८ः४५ मा सुरु हुनेछ।

फ्रान्स समूह डीको विजेता हो भने पोल्याण्ड समूह सीको उपविजेता हो। दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने तयारीमा छन्।

- Advertisement -
Ad image

आइतबार हुने दोस्रो खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति १२ः४५ मा सुरु हुनेछ।

इंग्ल्यान्ड समूह बीको विजेता हो भने सेनेगल समूह एको उपविजेता हो।

यसअघि नै नेदरल्याण्ड र अर्जेन्टिना क्वाटरफाइनल प्रवेश गरिसकेका छन्। शनिबार राति भएका खेलमा नेदरल्याण्डले अमेरिका र अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गदै क्वाटरफाइनल यात्रा तय गरेका हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्