विश्वकप फुटबल: अष्ट्रेलियालाई २-१ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – गएराति भएको खेलमा अष्ट्रेलियालाई पराजित गर्दै अर्जेन्टिना कतारमा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

शनिबार राति कतारको अहमेद बिन अलि स्टेडियममा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित गरेको हो।

- Advertisement -
Ad imageAd image
अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे। उता

अष्ट्रेलियाले भने आत्मघाती गोल उपहार पाएको हो।

खेलको पहिलो हाफको ३५ औं मिनेटमा कप्तान मेस्सीको गोलमा अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएको थियो। यो मेस्सीको खेल जीवनको एक हजारौं गोल हो।

दोस्रो हाफको ५७ मिनेटमा अल्भारेजले अर्जेन्टिनाका लागि दोस्रो गोल गरे। खेलको ७७ मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरे पनि अर्जेटिना २–१ ले विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको हो।

अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ।

अमेरिकालाई पराजित गर्दै नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगिसकेको छ। अष्ट्रेलिया र अमेरिका भने प्रतियोगिताबाट बाहिरिएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्