आजको मौसम : पहाडी क्षेत्रमा बदलीको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ मंसिर २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – अहिले मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन। बिहान मधेस र प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली छ।

दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

- Advertisement -
Ad imageAd image
राति बागमती, मधेस लगायत लुम्बिनी, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको अनुमान गरिएको छ।

सोमबार प्रदेश १ का पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ भने राति प्रदेश १ का पहाडी र लुम्बिनीका एक-दुई स्थानमा आंशिक बदलीको सम्भावना छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्