विश्वकप फुटबल:अमेरिकालाई ३-१ ले पराजित गर्दै नेदरल्यान्ड्स क्वाटरफाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ मंसिर २०७९, शनिबार
1 Min Read
Aa
Walker Zimmerman of the United States, left, and Memphis Depay of the Netherlands vie for the ball during the World Cup round of 16 soccer match between the Netherlands and the United States, at the Khalifa International Stadium in Doha, Qatar, Saturday, Dec. 3, 2022. (AP Photo/Francisco Seco)

विश्वकप फुटबल अन्तर्गत भएको पहिलो प्रि – क्वाटर फाइनल खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३ -१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज भएको प्रतिस्पर्धामा अमेरिकाले अपेक्षित खेल प्रस्तुत गर्न सकेन । अमेरिकाले खेलको १० मिनेटमै पहिलो गोल वेहोर्‍यो । खेलको १०औ मिनेटमा १० नम्बर जर्सीका खेलाडी मेम्पिस डेपेले गोल गरे । त्यस्तै पहिलो हापको अतिरिक्त ४५+१  ब्लाइन्ड डलेइ ले गोल गरे । दुवै गोलको असिस्ट डम्फ्रेज डेन्जेलले गरेका थिए ।

अमेरिकाले एकमात्र गोल खेलको ७६औ मिनेटमा राइट हाजिले गरे । ७६औ मिनेटमा खेलमा फर्किने कोशिश गर्‍यो । तर खेलको ८१ औ मिनेटमा डम्फ्रेज डेन्जेलले नेदरल्यान्ड्सको तर्फबाट गोल गरे र  जीत सुनिश्चित गरे ।

प्रतिक्रिया दिनुहोस्

Array