गठबन्धन गर्दा सोचेजति नतिजा आएन,आफ्नै पार्टी बलियो बनाउनुको विकल्प छैनः प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सोचेजति नतिजा नआएका कारण अब आफ्नै पार्टी बलियो र व्यवस्थित बनाउनुको विकल्प नभएको बताए । उक्त कुरा प्रचण्डले निर्वाचनपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा बोल्दै भनेका हुन् ।
बैठकमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा सोजेजति सिट नआएपनि प्रदेशमा भने सन्तोषजनक नतिजा आएको बताएका छन् । ‘‘हामीले गठबन्धन गरेर संघमा ३० सिटभन्दा बढी आउँछ भन्ने थियो तर आएन, हामीले सोचेभन्दा १०–१२ सिट कम आयो र कांग्रेसबाट जति भोट ट्रान्सर्फर हुनुपर्ने हो भएन’ उनले भने ।
बैठकमा अध्यक्ष प्रचण्डले अहिले जेजति सिट आएको छ त्यसलाई लिएर गठबन्धनकै सरकार बनाउनुपर्नेमा जोड दिएको माओवादी केन्द्रले बताएको छ ।
आजको बैठकमा चुनावको समीक्षामा केन्द्रित भइ छलफल भएको उनले बताएका छन् ।
बैठकमा निर्वाचनको समीक्षा र भावी कार्य योजनाका विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array