बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेको फराकिलो अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

बाजुरा–
बाजुरामा बुधबार साझबाट सुरु भएको मतगणनामा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।
२९ हजार मतगणना गर्दा कांग्रेस उम्मेदवार पाण्डेले १७ हजार आठ सय ५५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । पाण्डेका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले १३ हजार दुई सय ९७ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ४ हजार ५५८ रहेको छ ।
प्रदेशसभा १ मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले नौ हजार तीन सय ३० मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार बलदेव रेग्मीले आठ हजार एक मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका कर्णबहादुर विकले एक हजार ३० मत पाएका छन् ।

प्रदेशसभा १ मा स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । यसैगरी प्रदेशसभा २ मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले १० हजार नौ सय ७७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले आठ हजार छ सय ४० मत प्राप्त गर्न सफल भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमाल शाहीले ७० र स्वतन्त्र उम्मेदवार जनक रावलले १६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array