पूर्वी चीनको निर्माण स्थलमा आगलागी, ५ जनाको मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ मंसिर २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ – पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

दिउँसो ४:५० बजे आगलागी भएको थियो । दुर्घटनास्थलमा फसेका सात जनालाई उद्धारपछि अस्पताल लगिएको थियो । मृतकहरुको आकस्मिक उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

जुझाउको नगरपालिका सरकारले दुर्घटनाको बारेमा अनुसन्धान गर्न टोली गठन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array