बाजुरामा नेपाली कांग्रेसको अग्रता कायमै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ मंसिर २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – प्रतिनिधिसभा सदस्यतर्फ बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्रीप्रसाद पाण्डेको अग्रता कायमै छ । पछिल्लो मतपरिणामानुसार उनले १७ हजार ४० मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार कर्णबहादुर थापाले १३ हजार १५३ मत ल्याएको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख छ । पाण्डे र थापाबीचको मतान्तर तीन हजार ८८७ छ ।

- Advertisement -
Ad imageAd image

यस्तै, तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार जंगकुमार गिरीले ७६ मत मात्र पाएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्