विश्वकप फुटबल: समूह “एच”बाट पोर्चुगल र द.कोरिया नकाउट चरणमा,उरुग्वे र घाना बाहिरिए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०७९, शुक्रबार
2 Min Read
Aa

विश्वकप फुटबल अन्तर्गत समूह एच अन्तर्गत पोर्चुगल र दक्षिण कोरिया नकाउट चरणमा प्रवेश गरेका छन् । जीत र समान अंकका वावजुद समग्र लिग चरणका खेलमा कम गोल गरेका कारण उरुग्वे बाहिरिएको छ ।

पोर्चुगल समूह विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ भने दक्षिण कोरिया समूह उपविजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ।

समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियाले पोचुगललाई २-१ गोल अन्तरले पराजित गर्दा समूह उपविजेताको रूपमा नकाउट चरणमा प्रवेश गर्न सफल भयो ।

आज भएको अन्तिम खेलमा पोर्चुगल दक्षिण कोरिया सँग १ विरूद्ध २ गोलले पराजित भयो । खेलमा अग्रता भने यसअघिनै दोस्रोचरण पक्का गरिसकेको पोर्चुगलले लिएको थियो । खेलको ५ मिनेटमा नै होर्टा रिकार्डोले पोर्चुगललाई अग्रता दिलाए । खेलको २७औ मिनेटमा किम योंग उनले दक्षिण कोरियाको लागि बराबरी गोल गरे । खेलको अतिरिक्त समयको ९०+१ मिनेटमा अत्यन्तै दर्शनीय मूभ बनाउदै दक्षिण कोरियाले विजयी गोल गर्‍यो । सन हुयोंग मिनले उत्कृष्ट गतिमा बल डृब्लिङ गर्दै उपलव्ध गराएको सुन्दर पासलाई अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका ह्वांग ही चेनले सुन्दर गोल गरे । त्यसपछि खेलमा कुनै गोल भएन र कोरिया अंक तालिकामा ४ अंक पुर्‍याउन  सफल भयो  ।

अर्को खेलमा उरुग्वेले घानालाई २-० गोल अन्तरले पराजित भयो ।  घानाले  २१ औ मिनेटमा पाएको पेनाल्टी गोल गर्न सकेन ।  अवे आन्द्रे गोल गर्न चुके ।  त्यसको ५ मिनेट पछि  नै उरुग्वेका डे आरास्केटाले गोल गरे र उरुग्वेलाई अग्रता दिलाए । त्यस लगत्तै खेलको ३२ औ मिनेटमा आरास्केटाले नै गोल गर्दै अग्रता दोव्वर बनाए ।  त्यसपछि खेलमा थप गोल भएन र उरुग्वे २-० ले विजयी भए ।

प्रतिक्रिया दिनुहोस्

Array