काठमाडौँ – नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्ने बताएका छन् । लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा आफूलाई बधाई दिन प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पमहासचिव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहल गर्नुपर्ने बताए ।
उनले सत्तारूढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिहरूलाई एकजुट बनाउँदै एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्ने बताए ।
मुलुकमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, मुलुकको स्वाधिनतामाथि धावा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्ने उनको तर्क छ ।
उनले संघ र सातवटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेको दाबीसमेत गरे । तर, त्यसका लागि पार्टीले दिनरात खटेर पहल गर्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्