तत्काल मलको प्रबन्ध गर्न सरकारसँग किसान श्रेष्ठको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले कृषकहरूका लागि पर्याप्त मलको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।

बारा– ४ मा निर्वाचित भएपछि धन्यवाद ज्ञापन कार्यक्रममा  बाराको विश्रामपुर, फेटा, प्रसौनी, परवानीपुरका कृषकहरूले मलको अभाव भएको भन्दै गुनासो गरेका थिए ।

‘मलको अभाव भयो भनेर मलाई कृषकहरूबाट गुनासो आएपछि तत्कालै मैले प्रधानमन्त्री तथा कृषि मन्त्रीका स्वकिय सचिव भानु देउवा, मुख्य सचिव शंकर बैरागी, कृषि मन्त्रालयका सचिव गोविन्द शर्मा, कृषि सामग्री लिमिटेडका महाप्रबन्धक राजेन्द्र कार्कीलाई फोन गरेर बारा ४ नं क्षेत्रमा कृषि मल, बिउ, सिंचाईको समस्याको विषयमा जानकारी गराएको छु,’ संघीय सांसद श्रेष्ठले भने ‘हिउँदे खेतीको लागि १÷२ दिनमा नै समाधान हुन्छ होला,कृषि सामग्री केन्द्रले केही दिनभित्रमा बारा ४ नं क्षेत्रको लागि आवश्यक मल उपलब्ध गराउछु भनेर जानकारी गराएको छ ।’

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: