नाडाद्धारा सरकार विरुद्ध आन्दोलनको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले सरकार विरुद्ध आन्दोलनको घोषणा गरेको छ । ८ महिनादेखि कार, जिप, भ्यानको आयात रोकी सरकारले एलसीमा समेत ५० प्रतिशतदेखि शतप्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गर्दै अटो व्यवसायलाई नै धराशायी बनाउन रोल खेलेको भन्दै नाडा आन्दोलित हुन पुगेको हो ।

सोही कार्यक्रममार्फत नाडाले सरकारको व्यवसाय अमैत्रीका कारण अटो व्यवसायीहरु व्यवसायबाटै पलायन हुन पुगेको बताएको छ । ८ महिनामा ५८ वटा अटो डिलर, शोरुमहरु बन्द हुन पुगेको र प्रत्यक्ष परोक्ष रुपमा ३० हजार व्यवसायी कर्मचारी प्रभावित हुन पुगेको नाडाको भनाइ छ । थप एकसय अटोमोबाइल्स डिलरहरु बन्द हुने क्रममा रहेको नाडाका अध्यक्ष ध्रुव थापाले बताए ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्