फर्स्ट माइक्रोफाइनान्सले घोषणा गर्यो लाभांश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १९ प्रतिशत बोनस शेयर रहेको छ भने १ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

- Advertisement -
Ad imageAd image

मंसिर १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्