विश्वकप फुटबल : मोरक्को र क्रोएसिया समूह “एफ”बाट अन्तिम १६मा, बेल्जियम र क्यानाडा बाहिरिए

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेल सँगै मोरक्को र क्रोएसिया समूह एफ बाट अन्तिम १६ मा प्रवेश गरेका छन् ।

मोरक्कोले क्यानाडालाई २-१ ले हराउदै ७ अंकसहित समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ भने क्रोएसिया बेल्जियमलाई बराबरीमा रोक्दै ५ अंक सहित समूह उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको हो ।

- Advertisement -
Ad imageAd image

मोरक्कोको लागि खेलको चौथो मिनेटमा नै जिएच हकिमले गोल गरे ।  त्यस्तै २३ मिनेटमा युसुफले गोल गर्दै अग्रता दोव्वर बनाए ।

क्यानाडाले खेलको ४० औ मिनेटमा एक गोल उपहार पाएको थियो । मोरक्कोका डिफेन्डर अग्युर नाइफले आत्मघाती गोल गर्दा क्यानाडाको खातामा एक गोल हुन पुग्यो ।

अर्को खेलमा क्रोएसिया र बेल्जियमबीच कुनै गोल हुन सकेन । एक जीत र दुइ बराबरी गरेको क्रोएसिया ५ अंक सहित दोस्रो चरणमा प्रवेश गरेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्