काठमाडौं–रात्रिकालिन व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्ने बातवरण बनाउन गृह मन्त्रालयले सबै जिल्लाका प्रहरी प्रशासनमा पत्रचार गरेको छ ।
यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिएको थिएन।
काठमाडौंमा सञ्चालित क्लब, डिस्को तथा रात्रिकालिन व्यवसायको समय तोकिएको जानकारी दिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गर्दै समय तोकेको जानकारी दिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले रेष्टुरेन्टहरु राति १२ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको जानकारी दिएको छ । साथै, दोहोरी रेष्टुरेन्ट र लाउन्ज बारहरु बिहान २ बजेसम्म र क्लव तथा डिस्कोहरु भने बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरेको छ। ‘पहिले पनि यही समयमा सञ्चालन गर्न दिएको थियो अहिले भने लिखितरुपमा लिपिबद्द गरिएको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौंले दिएको छ ।
रात्रिकालिन व्यवसाय चौबिसै घण्टा सञ्चालन गर्ने बातवरण बनाउन गृह मन्त्रालयको पत्रचार

प्रतिक्रिया दिनुहोस्