मेयर बालेन विरुद्ध नाराबाजी गरेको भिडियोमा अपमानजनक शब्द प्रयोग गरिएको भन्दै कार्वाहीको माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं–
मधेशी आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरेको भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरिएको भन्दै कार्वाहीको माग गरिएको छ । यसमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालय र प्रहरीलाई अनुरोध गरिएको निवदेन मेधेसी आयोगले लेखेको छ ।

मंसिर १४ गते सामाजिक सञ्जालमा धेरै प्रचार भएको एक भिडियोमा मेयर बालेन शाहविरुद्ध नाराबाजी भएको थियो । उक्त भिडियोमा मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरी सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलल पार्ने काम भएको दावी आयोगले गरेको छ ।
आयोगकी उपसचिव सविता डंगोलले गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘‘थापाथलीस्थित सुकुम्बासी जग्गासम्बन्धी महानगरको कार्यको विरोधको क्रममा सामाजिक सञ्जालमा एक व्यक्तिले सम्पूर्ण मधेशी समुदायलाई अपमानित र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता खलल पार्ने कार्य गरेको हुनाले निजलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्नका लागि आदेशानुसार अनुरोध छ ।’

आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगले नेपाल प्रहरीलाई भिडियो माथि छानबिन गरी कारवाही गर्न पत्राचार समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: