काठमाडौं – जिल्लाका १० मतदान केन्द्रमा मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ ।
मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको मतदानमा अहिलेसम्म ३५ प्रतिश मतदान सम्पन्न भएको छ । शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र मतदाता उत्साहित देखिएकोसमेत उनले जानकारी दिए। उक्त मतदान केन्द्रमा चार स्थलमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् ।
निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनःमतदान गर्ने यही मङ्सिर ११ गते निर्णय गरेको थियो । ती मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्