ग्रेडरले च्यापेर बालिकाको मृत्यु भएपछि धनगढी तनावग्रस्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेको बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले नेपाल प्रेसलाई बताए ।

धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो । उनी घरबाट विद्यालय जाँदै थिइन् । मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् ।

- Advertisement -
Ad imageAd image

अहिले सडक बन्द गरेर विद्यार्थीले प्रदर्शन थालेका छन् । विद्यार्थीको विरोधपछि धनगढी तनावग्रस्त छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्