स्याङ्जा २ मा धनराज गुरुङ अघि, पछ्याउँदै पद्मा अर्याल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौ – स्याङ्जा २ मा पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् ।

अहिलेसम्म गल्याङ नगरपालिकाको ६ र ७ नम्बर वडा तथा भीरकोट नगरपालिकाको ५, ६, ७ र ८ नम्बर वडाको मत गणना भइरहेको छ ।

- Advertisement -
Ad imageAd image

पछिल्लो विवरणअनुसार गुरुङले ३९०१ मत प्राप्त गर्दा एमालेकी पद्मा अर्यालले ३२४७ मत प्राप्त गरेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७६१ मत प्राप्त गरेका छन् । अहिलेसम्म ८४६५ मत गणना भएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्