कर्णाली: सत्ता गठबन्धनमा सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा छलफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– ४ मंसिरमा सम्पन्न निर्वाचनबाट कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनले दुई तिहाई बहुमत पुर्‍याउने भएको छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेस र माओवादी केन्द्रले समान ९/९ सिट जितेका हुन् । एमालेले ५ सिट जित्दा एक स्वतन्त्रले जितेका छन् ।

कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ पनि मत गणना अन्तिम चरणमा पुगेको बताइएको छ । अहिले सम्मको मत गणनालाई हेर्दा ४० सदस्यीय कर्णाली प्रदेश सभामा सत्तारुढ गठबन्धनमा आवद्ध दलको कुल सांसद संख्या २८ हुने देखिन्छ ।

- Advertisement -
Ad imageAd image

कर्णालीमा बहुमतको सरकार बनाउन २१ जना सांसद आवश्यक पर्नेछ  । सत्तारुढ दलहरुसँग भएको संख्या दुई तिहाई बहुमत पुग्ने देखिन्छ । अब गठबन्धन कायमै रहे गठबन्धनको सहजै सरकार बन्ने देखिन्छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्